FAQs Complain Problems

बैठक नं. ३५(२०७५।०४।२५)

प्रस्ताव: मिति २०७५/०४/२५ गते शुक्रवार (कार्यपालिका बैठक नं. ३५)

      १. कर सम्वन्धमा।

      २. प्रारम्भिक वातावरणीय परिक्षणसम्वन्धमा।

      ३. शहरी स्वास्थ्य केन्द्र संचालन सम्वन्धमा।

 

निर्णयहरुः

 

 

निर्णय नं. १:

     घोराही उपमहानगरपालिकाको 'आर्थिक ऐन, ×२०७५" सम्बन्धी छलफल गरियो। छलफल पश्चात आर्थिक ऐन, २०७५ को अनुसूची १, दफा (२) र (३) को सम्पत्ति कर र भूमि कर पछि नगरसभाबाट अनुमोदन गराउने गरी पारित गर्ने निर्णय गरियो।

 

 

निर्णय नं. २:

 

घोराही उपमहानगरपालिका अन्तर्गतका तपशिलका स्थानहरुमा प्रारम्भिक वातावरणीय परिक्षण गर्ने निर्णय गरियो।

 

तपशिलः

 

१. घोराही उपमहानगरपालिका वडा नं. १२ अन्तर्गतः

      १.घोराही आँखा अस्पताल देखि उत्तर रतनपुर जाने पक्की पुल बाट ५०० मिटर उत्तर र झोलोङ्गे पुल देखि ५०० मिटर तल,

      २. सती घाट क्षेत्र,

       ३.  पेडा क्षेत्र,

       ४. लुम्चु क्षेत्र,

       ५. खैरा पुल देखि ५०० मिटर तल,

        ६. मजगै हापुर खोला  देखि ५०० मिटर उत्तर।

२.  घोराही उपमहानगरपालिकाका वडा नं. ५ अन्तर्गतः

       १. धारापानी सडकको पुल देखि ५०० मिटर दक्षिण डोलगाउँ बबैघाट,

       २.  कचिला, खैरा गनार र बबै रामघाट,

       ३.  कचला, खैरा गनार र बबैघाट, नैनवार बबैघाट,

       ४. गोठेली गाउँ,

       ५. धारापानी मन्दिर जाने सडकको २०० मिटर तल देखि हापुर खोला दोभानसम्म।

३. घोराही उपमहानगरपालिकाका वडा नं. १० र १३ अन्तर्गतः

       १. सेवार खोला अटो भिलेजदेखि दक्षिण कजवेदेखि ५०० मिटर उत्तर।

४. घोराही उपमहानगरपालिका वडा नं. १८ अन्तर्गतः

      १. प्यूठान जाने पक्की पुलदेखि ५०० मिटर उत्तर, अम्वापुर कुलादेखि २०० मिटर दक्षिण।

५. घोराही उपमहानगरपालिकाका वडा नं.२, ३, ४, १५ र १७ अन्तर्गतः

      १. झोलोङ्गे पुलदेखि २०० मिटर तल पचुर्खासम्म कुलाको बाँध क्षेत्र छोडेर,

       २. सिस्ने खोला प्यूठान जाने सडकको ५०० मिटर देखि तल वि.पि मार्ग सडक देखि ५०० उत्तर,

        ३. सिस्ने खोला – गोग्ली जाने कजवेदेखि दक्षिण पचुर्खा दोभान सम्म।

       ४.वि.पि मार्ग जाने पुलको ५०० मिटर तल देखि सिस्ने खोला कजवे ५०० मिटर उत्तर सम्म

       ५. बालिम खोला वि.पि मार्गको दक्षिण २०० मिटर तल देखि बबई खोला दोभानसम्म,

        ६. बबई खोलाको कजवेदेखि तल धारापानी जाने सडक २०० मिटर उत्तर सम्म,

       ७. भतेर खोलाको पुठाबाँध देखि बबैसम्म।

 

 

निर्णय नं. ३:

     घोराही उपमहानगरपालिका अन्तर्गतका वडाहरुमा ×एक वडा एक स्वास्थ्य संस्था" नीति अनुसार आधारभूत स्वास्थ्य सेवा संचालन गर्न भौतिक पूर्वाधार समेत सम्पन्न भएकोले तपशिल बमोजिमका वडाहरुमा निम्न अनुसारका शहरी स्वास्थ्य केन्द्र संचालन गर्ने निर्णय गरियो |

 

तपशिल:

 

सि.नं.

वडा नं.

शहरी स्वास्थ्य केन्द्र

कैफियत

११

शिवपुर शहरी स्वास्थ्य केन्द्र

 

१४

नयाँबजार शहरी स्वास्थ्य केन्द्र

 

१७

हरिद्वार शहरी स्वास्थ्य केन्द्र