FAQs Complain Problems

बैठक नं. ५२(२०७५।१२।१७)

प्रस्ताव: (कार्यपालिका बैठक नं. ५२, मिति २०७५/१२/१७) आइतबार

  1. सार्वजनिक सुनवाईको मिति संसोधन सम्वन्धमा

 

  1. विविध सम्वन्धमा

 

निर्णयहरु :

निर्णय १:

यस घोराही उपमहानगरपालिकाको मिति २०७५/११/२८ गते ५० औ कार्यपालिका बैठकले मिति २०७५/१२/२१गते सार्वजनिक सुनवाई गर्ने निर्णय भएको तर विविध कारणले निर्धारित समयमा गर्न नसकिने भएकोले उक्त सार्वजनिक सुनवाई मिति २०७६ साल बैशाख ५ गते गर्ने निर्णय गरियो |

निर्णय २ :

विविध

क)यस घोराही उपमहानगरपालिकाको वडा नं १६ को सार्वजनिक जग्गालाई गौशाला निर्माणको लागि वडा नं. १३, १४, १५ का अध्यक्ष र १६ का कार्यवाहक अध्यक्षज्यूहरुले अध्ययन गर्ने निर्णय गरियो |

 

    ख) घोराही उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरुमा कार्यरत शिक्षकहरुले  विद्यालय समयमा विद्यालय संग कुनै समन्वय  र प्र.अ. संग विना सम्पर्क अन्यन्त्र कोचिङ सेन्टर प्राइभेट विद्यालयहरुमा गई अध्ययन अध्यापन गरेको पाइएकोले र सम्वन्धित विद्यालयको पठन पाठनमा असर पारेको पाइएको हुनाले अब उप्रान्त यस्तो कार्य गर्नु पुर्व सवन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ. संग अनुमति लिएर मात्र गर्ने गरि सम्पूर्ण विद्यालयहरुमा पत्राचार गर्ने निर्णय गरियो |

 

ग) प्रगतिशिल लेखक संघ नेपाल, दाङ शाखाको च.नं. २०८ मिति २०७५/११/१२ गते को पत्रानुसार' प्रगतिशिल लेखक संघ नेपालले केन्द्रिय राष्ट्रिय अधिवेशन २०७५ साल चैत्र २२ र २३ गते सम्पन्न गर्नको लागि रु २००००|०० (अक्षरुपि बिस हजार मात्र) अन्य सहायता शिर्षकबाट आर्थिक सहयोग गर्ने निर्णय गरियो |

 

घ) यस घोराही उपमहानगरपालिकाको वडा नं. ८, ९ र १० को बिचमा अवस्थित कुम्रेडाँडा मा २ थान '९०'को ह्युमपाइप कन्टेनजेन्सी रकमबाट उपलब्ध गराउने निर्णय गरियो |

 

ङ) घोराही उपमहानगरपालिका कार्यालयले तयार गरेको 'घ' वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धी कार्यविधि २०७५ बमोजिम सबै प्रक्रिया र कागजातहरु पुरा गरे नगरेको हेरी न्यु बि एण्ड बि निर्माण सेवाका घोराही उपमहानगरपालिका १५ का प्रोप्राइटर भुपेन्द्र राज भण्डारी र बसन्त पौडेललाई 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र दिने निर्णय गरियो |