FAQs Complain Problems

सामाजीक सुरक्षा भत्ता वितरणको सूचना

यही २०७२ कार्तिक १५ गते देखी घोराही नगर पालिका क्षेत्र भित्रका जेष्ठ नागरीक, अपांग र एकल महिलाहरू तथा लोपोन्मुख जनजाती आदीबासीलाई निम्न तालिका बमोजिम भत्ता बितरण गरिने भएको हुदाँ आफूले प्राप्त गरेको पट्टा सहीत यस घोराही नगरपालिका कार्यालयमा संपर्क राख्न हुन अनुरोध गरिन्छ, आफू उपस्थित हुन असमर्थ भए भुक्तानी लिन आउने व्यक्तिले वडा कार्यालयको सिफारिस सहित मन्जुरीनामा लिई आए मात्र भुक्तानी दिन सकिने व्यहोरा जानकारी गराईन्छ ।
वडा नं. १ र २ को २०७२।०७।१५ गते भत्ता वितरण गरिने
वडा नं. ३ र ४ को २०७२।०७।१६ गते भत्ता वितरण गरिने
वडा नं. ५ र ६ को २०७२।०७।१७ गते भत्ता वितरण गरिने
वडा नं.७, ८ र ९ को २०७२।०७।१८ गते भत्ता वितरण गरिने
वडा नं. १० को २०७२।०७।१९ गते भत्ता वितरण गरिने
वडा नं. ११ को २०७२।०७।२० गते भत्ता वितरण गरिने
नोट - माथी उल्लेखित मितिमा छुट भएको व्यक्तिहरूले मिति २०७२।०७।२२ गतेका दिन सोही न.पा. कार्यालय बाट नै भत्ता वितरण हुने व्यहोरा जानकारी गराउदछौं ।